मकवानपुर–१ मा राप्रपाका सिंहद्वारा उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १४ : १८
सारांश
- दीपकबहादुर सिंहले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्।
- उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराए।
- सिंहले २०७९ को निर्वाचनमा हासिल गरेको जितलाई यसपटक पनि कायम राख्ने दाबी गरे।
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा निवर्तमान सांसद दीपकबहादुर सिंहले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले मंगलबार हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् ।
पार्टीका कार्यकर्ता र समर्थकहरूको र्यालीसहित निर्वाचन कार्यालय पुगेका सिंहले २०७९ को निर्वाचनमा हासिल गरेको जितलाई यसपटक पनि कायम राख्ने दाबी गरे ।
गत निर्वाचनमा उनले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय 'डिना' र एमालेको चुनाव चिह्नबाट लडेका कमल थापालाई पराजित गर्दै सङ्घीय संसदको यात्रा तय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण