कांग्रेस आधिकारिकता विवादमा बहस सकियो
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा मंगलबार सर्वोच्च अदालतमा बहस सकिएको छ।
सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा बहस भएको हो। रिट निवेदकको तर्फबाट पूर्व महान्यायाधिवक्ताद्वय खम्मबहादुर खाती र रमेश वडाल तथा बरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गरेका थिए।
कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन भएको थियो भने निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको थियो। निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काद्वारा दायर रिटमा निर्वाचन आयोगको पछिल्लो निर्णयका कारण देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी निर्वाचनबाट वञ्चित हुने अवस्था आएको दाबी गरिएको छ।
रिटमा निर्वाचन आयोगको निर्णय खारेज गर्न तथा हाल चलिरहेको प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ताको प्रक्रिया रोक्न माग गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण