गोरखा–१ मा सुदन गुरुङले गरे उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १६ : ०२
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सुदन गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार दिउँसो जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुरुङले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताका लागि गुरुङ र्यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उनी आफ्नो मौलिक पहिरनमा उम्मेदवारी दर्ता गर्न पुग्दा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
निर्वाचन प्रक्रियाअनुसार गुरुङको प्रस्तावकमा एजिला गुरुङ रहेकी छन् भने समर्थकमा सुजन देवकोटा छन् । गोरखा–१ मा रास्वपाले चुनावी गतिविधि तीव्र पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण