रुपन्देही–१ मा रास्वपा छाडेका कुँवरले प्रलोपाबाट दर्ता गराए उम्मेदवारी
बुटवल । रुपन्देही क्षेत्र नम्बर १ मा रास्वपा नेता डा. श्री बहादुर कुवरले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवारी दर्ता गराएका छन् । कुँवर यसअघि रास्वपामा आबद्ध थिए ।
रुपन्देहीको देवदह नगरपालिका–२ निवासी कुँवरले अमेरिकास्थित केनेडी विश्वविद्यालयबाट सार्वजनिक नेतृत्व तथा मानव संशाधनमा व्यवस्थापनमा विद्यावारिधि गरेका छन् ।
अभिवक्तासमेत रहेका उनले रुपन्देही भैरहवा नमुना क्याम्पसमा लामो समय प्राध्यापनसमेत गरेका छन् । अमेरिकामा समेत प्राध्यापन एवं विश्व वित्तीय कम्पनीमा सल्लाहकारका रूपमा काम गरेको उनीसँग अनुभव छ।
रास्वपाको विदेश सल्लाकारका रूपमा समेत उनले काम गरिसकेका छन् । यस निर्वाचन क्षेत्रमा रास्वपाले महामन्त्री सुनिल लम्साललाई उम्मेदवार बनाएको छ ।
यहाँ उनले नेपाली कांग्रेसका हिरा बहादुर केसी, एमालेका दधिराम न्यौपानेसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण