नवलपुर–१ मा गगनको हस्ताक्षरसहित कांग्रेसका दुई उम्मेदवार मैदानमा
पोखरा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा कांंग्रेसका २ जना आधिकारिक उम्मेदवारले मनोनयन गरेका छन् ।
गजेन्द्रबहादुर आले र बालकृष्ण घिमिरेले सभापति गगनकुमार थापाकै हस्ताक्षर भएको टिकट देखाएर मनोनयन गराएका हुन् । स्रोतका अनुसार थापाले पहिलै आलेलाई टिकट दिएर पठाएका थिए । पछि घिमिरेले पनि टिकट पाएका हुन् ।
नवलपुर १ मा १९ जनाले उम्मेदवारी दिएका छन् । ४ जना स्वतन्त्र र १५ जना दलका उम्मेदवारहरु मैदानमा उत्रिएका हुन् । यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट भागिरथ सापकोटाले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट राजन गौतम, नेपाली कम्युनिस्ट पार्टीका लोक प्रसाद भुर्तेलले उम्मेदवारी दर्ता गराउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दीपक चन्द्र वस्ताकोटी उम्मेदवार बनेका छन् ।
जनता समाजवादी पार्टीका छविलाल मगर, मंगोल नेसनल अर्गनाइजेशनका केशव राज गुरुङ, राष्ट्रिय जनमोर्चाका चन्द्र दत्त सापकोटा, नेसनल रिपब्लिक नेपालका विष्णुमान बिक, नेपाल कम्युनिस्ट पार्टीका बेत बहादुर सारू उम्मेदवार बनेका छन् ।
यस्तै, श्रम संस्कृति पाटीका भीमचन्द्र गुरुङ, नागरिक उन्मुक्ति पार्टीकी पार्वती गुरुङसेनी, प्रगतिशिल लोकतान्त्रिक पार्टीका जगन्नाथ अर्याल, राष्ट्रिय जनमुक्ति पार्टीका शत्रुधन थापाले मनोनयन दर्ता गराए ।
निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा गोकुल शर्मा, लक्ष्मण श्रेष्ठ, बिन्दु केसी र अविनाश सुनारले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण