बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
निर्वाचन

चितवन–१ मा १९ जनाको उम्मेदवारी, को–को छन् प्रतिस्पर्धामा ?

बुधबार, ०७ माघ २०८२, ०२ : ०९
बुधबार, ०७ माघ २०८२

सारांश

  • चितवन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
  • विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूले निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्, जसमा नेपाली कांग्रेस, एमाले, रास्वपा जस्ता प्रमुख दलका नेताहरू छन्।
  • २०७९ को निर्वाचनमा रास्वपाका हरि ढकालले जितेको सो क्षेत्रमा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिन्छ।

चितवन। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ बाट १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय, चितवन–१ ले सार्वजनिक गरेको उम्मेदवारहरूको नामावली अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जनाको दाबी परेको हो ।

जसमा प्रमुख दलहरूका तर्फबाट नेपाली कांग्रेसका राजेन्द्र प्रसाद बुर्लाकोटी, नेकपा एमालेका तर्फबाट दाबा दोर्जे लामा र रास्वपाबाट हरि ढकाल उम्मेदवार बनेका छन् । गत २०७९ को निर्वाचनमा सो क्षेत्रबाट रास्वपाका ढकालले चुनाव जितेका थिए । सो क्षेत्रमा नेकपा माओवादीबाट गणेश बहादुर श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् भने राप्रपाबाट बलराम शर्मा खनालले उम्मेदवारी दिएका छन् । 

जनता समाजवादी पार्टीका अजय ठाकुर हजाम, श्रम संस्कृति पार्टीका अनिल तामाङ, नेपाल मजदुर किसान पार्टीका अर्जुन प्रजा, राष्ट्रिय जनमोर्चाकी सीता देवी क्षेत्रीले सो क्षेत्रबाट उम्मेदवारी दिएका छन् । नेकपाका कृष्णराज पन्त, नेकपा संयुक्तका दुर्गादत्त अर्या, उज्यालो नेपाल पार्टीका धनबहादुर गुरुङले उम्मेदवारी दिएका छन् । प्रलोपाका विकास कामी, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमलाल चौधरीले उम्मेदवारी दिएका छन् भने सो क्षेत्रमा स्वतन्त्रबाट रामेश्वर प्रसाद घिमिरे, सञ्जय रिजाल, सौरव कँडेल र हरि प्रसाद रेग्मीले उम्मेदवारी दिएका छन् । 

सो क्षेत्रमा उम्मेदवारी दर्ता गरेका १९ मध्ये १७ जना पुरुष र २ जना महिला रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप