गण्डकीका ८ क्षेत्रले पाउनेछ संसदमा नयाँ अनुहार
सारांश
- गण्डकी प्रदेशका प्रमुख दलहरूले आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा नयाँ उम्मेदवारहरूलाई अघि सारेका छन्।
- कांग्रेस, एमाले, नेकपा र रास्वपाले पुराना अनुहार दोहोर्याएका छन् भने केही क्षेत्रमा नयाँ अनुहारहरू पनि छन्।
- निर्वाचनमा नयाँ अनुहारहरूले सांसद बन्ने सम्भावना रहेको छ, तर प्रतिस्पर्धा त्रिशंकु हुने देखिन्छ।
पोखरा । आगामी फागुन २१ गते हुने निर्वाचनमा गण्डकी प्रदेशका प्रमुख राजनीतिक दलहरूले अधिकांश क्षेत्रमा नयाँ उम्मेदवारलाई अघि सारेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मले नयाँ उम्मेदवारहरूलाई मैदानमा उतारेका छन् । यद्यपि केही क्षेत्रमा पुरानै अनुहार सबै दलले पठाएका छन् ।
नेपाली कांग्रेसले १८ मध्ये ५ क्षेत्रमा मात्रै पुरानो उम्मेदवार दोहोर्याएको छ । यस्तै एमालेले ८ क्षेत्रमा पुराना अनुहार दिँदा रास्वपाले ४ वटा क्षेत्रमा दोहोर्याएर टिकट थमाएको छ । नेकपाका ३ निर्वाचन क्षेत्रमा मात्रै पुराना उम्मेदवार छन् ।
कांग्रेसबाट पर्वतमा अर्जुन जोशी, तनहुँ–१ मा गोविन्द भट्टराई, तनहुँ–२ मा शंकर भण्डारी, मुस्ताङमा योगेश गौचन र मनाङमा टेकबहादुर गुरुङ पुराना अनुहार हुन् । बाँकी १३ क्षेत्रमा कांग्रेसले पहिलो पटक प्रतिस्पर्धी उठाएको छ । एमालेबाट तनहुँ–१ मा भगवती न्यौपाने, तनहुँ–२ मा केदार सिग्देल, पर्वतमा पदम गिरी, मनाङमा पोल्देन छोपाङ गुरुङ, बागलुङ–२ मा मञ्जु चालिसे, नवलपुर–२ मा तिलबहादुर महत, लमजुङमा पृथ्वीसुब्बा गुरुङ, कास्कीमा दामोदर बैरागी दोहोरिएर उठेका हुन् । एमालेका १० क्षेत्रमा नयाँ उम्मेदवार छन् ।
नेकपाबाट गोरखा–१ मा हरिराज अधिकारी, कास्की–१ मा राजकाजी गुरुङ (करण) र स्याङजा–१ मा शैलेन्द्र घिमिरे दोहोरिएका उम्मेदवार हुन् । यो पार्टीका १५ उम्मेदवार नयाँ छन् ।
रास्वपाबाट गोरखा–२ का कवीन्द्र बुर्लाकोटी, लमजुङबाट धर्म केसी, तनहुँ–१ का स्वर्णिम वाग्ले र नवलपुर–१ का राजन गौतमले पुनः टिकट लिएका हुन् । रास्वपाबाट १४ क्षेत्रका उम्मेदवार नयाँ छन् ।
केही उम्मेदवार प्रदेश सभा र केहीले पालिकामा कार्यकाल पूरा गरे पनि धेरै उम्मेदवार संसदीय राजनीतिमा डेब्यु गर्दै छन् । यो चुनावबाट कम्तीमा ८ निर्वाचन क्षेत्रबाट नयाँ अनुहार सांसद बनेर संसद छिर्नेछन् ।
नवलपुर–१ मा जसले जिते पनि नयाँ अनुहार हुनेछन् । कास्की–१ र २ ले पनि नयाँ अनुहारलाई संसद् छिराउनेछन् । स्याङ्जा र बागलुङका चारै क्षेत्रले नयाँ अनुहारलाई संसद् पठाउँदा म्याग्दीले पनि त्यो अवसर पाउनेछ । यी क्षेत्रबाट लडेका सबै उम्मेदवार यसअघि प्रतिनिधि सभा सांसद नबनेका व्यक्तिहरू हुन् ।
अरू क्षेत्रले पनि नयाँ अनुहारलाई सांसदका रूपमा संसद् छिराउन सक्नेछन् । तर मतपरिणामपछि मात्रै त्यो निर्क्यौल हुनेछ । प्रभावशाली दलहरूले दिएका उम्मेदवार हेर्दा केही क्षेत्रमा पुरानै उम्मेदवारले बाजी मार्ने सम्भावना पनि छ ।
मनाङमा कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुँदा जसले जिते पनि निर्वाचित हुने सांसद पुरानै अनुहार हुन् । धेरै निर्वाचन क्षेत्रहरूमा त्रिशंकु प्रतिस्पर्धा छ । गोरखाका दुवै क्षेत्रमा कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच हाराहारीकै प्रतिस्पर्धा हुनेछ । लमजुङमा एमाले, कांग्रेस र रास्वपाको प्रतिस्पर्धा बढी छ ।
तनहुँ, कास्की, नवलपुर, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीमा पनि कांग्रेस, एमाले र रास्वपाबिच प्रतिस्पर्धा हुनेछ । कुनै क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी पनि प्रतिस्पर्धामा हुनेछ । मुस्ताङमा पनि कांग्रेस र एमालेबिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । तथापि रास्वपाको पनि जबर्जस्त उपस्थिति देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण