इरानमा प्रदर्शनका क्रममा कम्तीमा ३ हजार ११७ जना मारिए : सरकारी सञ्चारमाध्यम
सारांश
- इरानमा सरकार विरोधी प्रदर्शनमा दमन गर्दा कम्तीमा ३,११७ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
- मृत्यु हुनेमा सर्वसाधारण र सुरक्षा बलका सदस्यहरू रहेका छन्, तर मानवअधिकार संस्थाले यो संख्या अझै बढ्न सक्ने दाबी गरेको छ।
- प्रदर्शन डिसेम्बरमा इरानी मुद्राको अवमूल्यन र महँगी विरुद्ध सुरु भएको थियो, तर पछि सरकार विरोधी प्रदर्शनमा परिणत भयो।
तेहरान । इरानमा हालै भएका सरकार विरोधी प्रदर्शनमाथि दमनका क्रममा कम्तीमा ३ हजार ११७ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । इरानको सरकारी टेलिभिजनले बुधबार सार्वजनिक गरेको विवरणअनुसार यो पहिलो आधिकारिक मृतक सङ्ख्या भएको ‘मार्टयेर्स फाउन्डेसन’ ले बताएको छ ।
प्रेस टीभीले प्रसारण गरेको वक्तव्यमा फाउन्डेसनले मृतकमध्ये २ हजार ४२७ जना सर्वसाधारण र सुरक्षा बलका सदस्य रहेको जनाएको छ । यद्यपि, अमेरिकास्थित मानवअधिकार संस्था ‘ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी’ (एचआरएएनए) ले मृतक सङ्ख्या यो भन्दै निकै बढिरहेको दाबी गरेको छ ।
एचआरएएनएका अनुसार प्रदर्शनका क्रममा ४ हजार ५१९ जनाको मृत्यु भएको छ । यीमध्ये ४ हजार २५१ जना प्रदर्शनकारी र १९७ जना सुरक्षाकर्मी रहेका छन् ।
मर्नेमा १८ वर्ष मुनिका ३५ जना र प्रदर्शनकारी वा सुरक्षा बलसँग असम्बन्धित ३८ जना सर्वसाधारण रहेको बताइएको छ । थप मृतक सङ्ख्याबारे समीक्षा भइरहेको एचआरएएनएको भनाइ छ । गएको डिसेम्बरको अन्त्यतिर अमेरिकी डलरको तुलनामा इरानी मुद्राको अवमूल्यन र महँगीविरुद्ध व्यापारीहरूले सुरु गरेको आन्दोलन क्रमशः व्यापक सरकार विरोधी प्रदर्शनमा रूपान्तरण भएको थियो ।
यी प्रदर्शनलाई आतङ्ककारी गतिविधि भन्दै अमेरिकाले हिंसात्मक दङ्गा भड्काएको आरोप इरानी अधिकारीहरूले लगाएका छन् । सरकारको कठोर दमनको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको समर्थनमा हस्तक्षेप गर्ने चेतावनी नै दिएका थिए । सुरक्षा बलले सडक र छानाबाट निहत्था मानिसलाई लक्षित गरी गोली प्रहार गरेको प्रमाण भेटिएको एमनेस्टी इन्टरनेशनलले आफ्नो प्रतिवेदनमा भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण