वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड
काठमाडौँ । समाजको आर्थिक पक्षमा मात्रै नभई सामाजिक पक्षमा समेत महत्त्वपुर्ण योगदान पुर्याउँदै आएको वैदेशिक रोजगार क्षेत्रप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले बिहीबार आयोजना गरेको “वैदेशिक रोजगारको भाष्य विनिर्माण” कार्यक्रमका वक्ताहरुले वैदेशिक रोजगारको सकारात्मक पक्षबारे आफ्ना धारणा राखेका थिए । उक्त कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा सञ्जालका अध्यक्ष अधिवक्ता कृष्णप्रसाद न्यौपानेले आप्रवासनमा जानेहरुलाई मानवीय दृष्टिले हेरिनुपर्ने बताए । विदेश जानु कुनै अपराध नभएकाले त्यहाँबाट प्राप्त सीप र ज्ञानको सही सदुपयोग गर्नेतर्फ राज्यले सोच्नुपर्ने उनको भनाइ थियो ।
पत्रकार बबिता बस्नेतले वैदेशिक रोजगारका विषयमा मिडियाको दृष्टिकोणबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनको कार्यपत्रमा वैदेशिक रोजगारका विषयमा प्रायः नकारात्मक समाचारलाई प्राथमिकता दिइने गरिएको र सकारात्मक विषयहरु उठान गर्न चुकेको निष्कर्ष थियो ।
पौरखी नेपालका अध्यक्ष सत्राकुमारी गुरुङले विदेशबाट फर्किएपछि समाजमा आफूले सुरुका दिनमा भोगेको मनोवैज्ञानिक विभेद सुनाएकी थिइन् ।
उनले वैदेशिक रोजगारमा जाने महिलाहरुलाई समाजले अझै पनि सकारात्मक रुपले नहेर्ने गरेको बताउँदै यही मनोविज्ञानलाई चिर्न पनि संस्थामा आबद्ध भइ अभियान चलाएको प्रष्ट पारिन् । वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र मानव अधिकार सम्पन्न बनाउनुपर्नेमा उनले जाेड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण