रेशम चौधरीको हकमा पक्षपातपूर्ण निर्णय भयो : महतो
सारांश
- राष्ट्रिय मुक्ति पार्टी नेपालले रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरेकोमा निर्वाचन आयोगको निर्णयको विरोध गरेको छ।
- पार्टी अध्यक्ष राजेन्द्र महतोले आयोगको निर्णय त्रुटिपूर्ण रहेको र आदिवासी जनजाति र मधेसी समुदायमाथि अन्याय भएको बताए।
- पार्टीले आयोगको निर्णय पुनरावलोकन गरी चौधरीको उम्मेदवारी कायम गर्न माग गरेको छ।
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रतिनिधिसभा निर्वाचनमा रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरेकोमा निर्वाचन आयोगको निर्णयको विरोध गरेको छ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेको र यसबाट आदिवासी जनजाति र मधेसी समुदायमाथि अन्याय भएको बताए। उनले यो निर्णय निर्वाचन आयोगको क्षेत्राधिकार बाहिरको भएको र संविधानको मर्मविपरीत भएको पनि उल्लेख गरे।
विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालबिच आसन्न निर्वाचनमा एकल चुनाव चिन्ह प्रति गरिने गरी एकीकृत रूपमा अगाडि बढ्ने सहमति भएको सन्दर्भमा निर्वाचन आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी निर्वाचन आयोगद्वारा रद्द गर्ने निर्णय गर्दा ठुलो दुःख, पूर्वाग्रह र अस्वीकार्य छ।'
पार्टीले निर्वाचन आयोगले यसअघि पनि नेपाल सरकारबाट आम माफी पाएका धेरै नेताहरूलाई निर्वाचनमा भाग लिन दिएको तर चौधरीको हकमा भने पक्षपातपूर्ण निर्णय गरेको आरोप लगाएको छ। यस्तो कार्यले निर्वाचनमा निष्पक्षतामाथि प्रश्नचिन्ह खडा गरेको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगको उक्त निर्णयको तत्काल पुनरावलोकन गरी चौधरीको उम्मेदवारी कायम गर्न माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण