पाकिस्तानको कराँचीस्थित मलमा लागेको आगलागीमा मर्नेकाे सङ्ख्या ६७ पुग्यो
इस्लामवाद । पाकिस्तानको कराँचीमा रहेको गुल प्लाजा मलमा भएको भीषण आगलागीका कारण ज्यान गुमाउनेको सङ्ख्या ६७ पुगेको छ । स्थानीय सरकारका एक नाम नखुलाइएको प्रवक्ताले शुक्रबार उक्त जानकारी दिएका हुन् ।
जनवरी १७ मा तीन तले उक्त मलमा आगलागी भएको थियो। । घटनाको ६ दिन बितिसक्दा पनि आगलागीको वास्तविक कारणबारे अनुसन्धानकर्ताले औपचारिक रूपमा केही खुलाएका छैनन् ।
प्रवक्ताका अनुसार हालसम्म ६७ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ भने डीएनए परीक्षण प्रक्रिया अझै जारी छ । डीएनए विश्लेषणमार्फत ८ जनाको पहिचान पुष्टि भइसकेको बताइएको छ ।
उद्धार र शव पहिचानको कार्य सुस्त गतिमा अघि बढेको भन्दै पीडित परिवारहरूले असन्तोष व्यक्त गरेका छन् । आफ्ना बेपत्ता आफन्तको खोजीमा ५० भन्दा बढी परिवारले डीएनए नमुना दिएका छन् ।
प्रान्तीय सरकारले मृतक प्रत्येक परिवारलाई एक करोड पाकिस्तानी रुपैयाँ (करिब ३५ हजार ७२० अमेरिकी डलर) क्षतिपूर्ति दिने घोषणा गरेको छ । साथै, मलभित्र रहेका करिब एक हजार २०० पसलेलाई पनि क्षतिपूर्ति प्रदान गरिने बताइएको छ ।
कराँचीका बजार र कारखानामा कमजोर पूर्वाधारका कारण आगलागीका घटना सामान्य भए पनि यति ठूलो स्तरको आगलागी दुर्लभ मानिन्छ । प्रान्तीय सरकारले मल र बजारहरूमा अग्नि सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न पहल गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण