सम्पत्ति शुद्धीकरण मुद्दा खारेज गर्न माग गर्दै दिल्लीकी निलम्बित न्यायाधीश उच्च अदालतमा
सारांश
- दिल्ली उच्च अदालतमा निलम्बित न्यायाधीश रचना तिवारी लखनपालले सम्पत्ति शुद्धीकरण मुद्दा खारेज गर्न माग गरेकी छिन्।
- उनले ट्रायल कोर्टको आदेश भारतीय नागरिक सुरक्षा संहिताको धारा २२३ को उल्लंघन भएको जिकिर गरेकी छन्।
- न्यायाधीशलाई घुस लिएको आरोपमा पक्राउ गरिएको थियो, र हाल सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ।
नयाँ दिल्ली । दिल्लीको तीस हजारी अदालतकी निलम्बित वरिष्ठ न्यायाधीश रचना तिवारी लखनपालले प्रवर्तन निर्देशनालयद्वारा आफू विरुद्ध दर्ता गरिएको सम्पत्ति शुद्धीकरण मुद्दा खारेज गर्न माग गर्दै दिल्ली उच्च अदालतमा निवेदन दिएकी छिन् ।
ट्रायल कोर्टले आफू विरुद्ध जारी गरेको आदेश भारतीय नागरिक सुरक्षा संहिताको धारा २२३ को उल्लंघन भएको दाबी गर्दै उनी उच्च अदालत पुगेकी हुन् । उक्त कानुनी प्रावधानअनुसार, कुनै पनि अपराधको अभियुक्तलाई आफ्नो विषय राख्ने अवसर दिनुपर्ने व्यवस्था छ ।
न्यायाधीशले आफ्नो निवेदनमा भनेकी छिन्, ‘ट्रायल कोर्टले २२ अक्टोबर २०२४ मा जारी गरेको आदेश कानुनको मर्म विपरीत रहेको छ ।’ भारतीय केन्द्रीय अनुसन्धान ब्यूरोले निलम्बित न्यायाधीशलाई सुरुमा सन् २०१६ मा घुस लिएको आरोपमा पक्राउ गरेको थियो ।
उनले एक अधिवक्तामार्फत आफ्नो इजलासमा विचाराधीन एक मुद्दामा प्रतिवादीलाई सहज बनाउने गरी आदेश दिने सर्तमा २० लाख रुपैयाँ घुस मागेको आरोप लागेको थियो । सीबीआईले उनको निवासमा छापा मारी घुसको रकम बरामद गरेको दाबी गरेको थियो ।
सोही भ्रष्टाचार मुद्दाका आधारमा सन् २०२४ मा प्रवर्तन निर्देशनालयले उनी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको हो । यसअघि सन् २०२२ मा सीबीआईले उनीविरुद्ध आयभन्दा बढी सम्पत्ति आर्जन गरेको अर्को मुद्दा पनि दर्ता गरेको थियो ।
यो निवेदनमाथि सुरुमा जनवरी २० मा न्यायाधीश अनुप जयराम भम्बानीको इजलासमा सुनुवाइ तोकिएको थियो, तर उनले यस मुद्दाबाट आफूलाई अलग राखेका थिए । त्यसपछि जनवरी २१ मा न्यायाधीश मनोज जैनको इजलासमा पेस गरिए पनि त्यस दिन इजलास बसेन ।
अब यस मुद्दाको अर्को सुनुवाइ आगामी मार्च ९ का लागि पेसी तोकिएको छ । भ्रष्टाचारको आरोप लागेपछि उनलाई पदबाट निलम्बन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण