जाजरकोट सदरमुकाम खलंगामा सिसी टिभीको निगरानी
जाजरकोट– सदरमुकाम खलंगा बजारका मुख्य व्यापारिक केन्द्रमा शान्ति सुरक्षा कायम गर्न सिसी टिभी जडान गरिएको छ । भेरी नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा खलंगामा सिसी टिभी जडान भएको हो ।
खलंगा बजार सिसी टिभीको निगरानीमा रहने भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । सदरमुकामको तल्लो थाप्ले, ठाँटीबजार, गैरीखाली, शान्ति चौतारा लगायतका क्षेत्रमा सिसी क्यामरा जडान गरिएको भेरी नगरपलिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।
सदरमुकामभित्र दैनिक चोरी डकैती, झै–झगडा, विकृति बढ्न थालेपछि सिसी क्यामरा जडानको काम गरेको प्रमुख घर्तीले बताए ।
नगरपालिकाको रु १० लाख आर्थिक सहयोगमा सिसी क्यामरा जोडिएको उहाँको भनाइ छ । सिसी क्यामरा जडानपछि खलंगामा हुने विभिन्न अपराध, चोरी, डकैती, झैझगडा, शान्ति सुरक्षा भंग गर्नेलगायत गतिविधिमा कमी आउने प्रहरी प्रमुख रवीन्द्रबहादुर सिंहले बताए।
यसैबीच जिल्ला सुरक्षा समितिले सदरमुकाम खलंगाभित्र सार्वजनिक कार्यक्रम सञ्चालन गर्न निश्चित स्थान तोकेको छ ।
समितिले तल्लो थाप्ले, ठाँटीबजार र गैरीखालीमा मात्र सार्वजानिक कार्यक्रम गर्न दिने गरी स्थान तोकेको हो । तोकेका स्थानबाहेक अन्य स्थानमा आमसभा, हडताल, प्रदर्शन, जुलुसलगायत कार्यक्रम गर्न प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नं ३० अनुसार उक्त निर्णय गरेको प्रजिअ बस्नेतले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण