जेनजी युवाहरूको माग राप्रपाले मात्रै पुरा गर्न सक्छ : कमल थापा
सारांश
- राप्रपा नेता कमल थापाले युवाको माग राप्रपाले मात्रै पुरा गर्ने बताए ।
- उनले युवाको सुशासन र भ्रष्टाचार अन्त्यको मुद्दालाई राप्रपाको मुद्दा भएको बताए ।
- थापाले कांग्रेस र कम्युनिस्टलाई भ्रष्ट व्यवस्थाको संवाहकको आरोप लगाए ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले जेनजी युवाहरूको माग पुरा गर्ने पार्टी राप्रपा मात्रै भएको बताएका छन् ।
शनिबार राप्रपा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ को भेलालाई सम्बोधन गर्दै थापाले युवाहरूले अघि सारेको सुशासन र भ्रष्ट व्यवस्थाको अन्त्यको मुद्दा राप्रपाको समेत मुद्दा भएकाले यसलाई आफ्नो पाटीले मात्रै पुरा गर्न सक्ने बताएका हुन् ।
भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको निमित्त आवाज उठाउँदै जेनजीहरुले गरेको आन्दोलन चौबिस घण्टा बित्दा नबित्दै हाइज्याक गरेर तुहाउने काम भएको उनले बताए । नेता थापाले अहिले जेनजी युवाहरूबाट मुखरित भएको माग अधुरो रहेकाले अधुरो मागलाई पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा रहेको धारणा राखे ।
उनले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको चाहना राख्ने हो भने सबैभन्दा पहिला भ्रष्ट शासक र भ्रष्ट व्यवस्थाका विकृति र विसङ्गतिहरूको अन्त्य हुनुपर्ने जिकिर गरे । भ्रष्ट व्यवस्था र भ्रष्ट शासकका मूल संवाहक काङ्ग्रेस र कम्युनिस्ट नै भएको उनको आरोप छ ।
अहिले काङ्ग्रेस र कम्युनिस्टले अपवित्र गठबन्धन बनाएर कायम गरेको सिन्डिकेटको पनि जनताले अन्त खोजेको थापाले बताए । थापाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ ५ बाट नै उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण