लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, ३ सिटका लागि ९ बजेदेखि मतदान
सारांश
- लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको मतदानको तयारी पूरा भएको छ, जुन बिहान ९ बजे सुरु हुनेछ।
- निर्वाचनमा ८ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्, जसमा नेपाली कांग्रेस, नेकपा एमाले गठबन्धन, नेकपा र जनमोर्चाका उम्मेदवार छन्।
- स्थानीय तहका केही जनप्रतिनिधि र प्रदेश सभाका सदस्यहरूले राजीनामा दिएका कारण मतदान गर्न पाउने छैनन्।
बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य मतदानको तयारी पूरा भएको छ। अहिले ९ बजेदेखि सुरु हुने मतदान सबै तयारी पूरा भएको निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवरले बताए ।
यहाँ ३ सिटको लागि ८ जना उम्मेदवार मैदानमा रहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले गठबन्धनबाट ३ जना, नेकपा ३ जना र जनमोर्चाका २ उम्मेदवार रहेका छन् ।
स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष एवं प्रदेश सभा सदस्य मतदान रहे व्यवस्था भएपनि यहाँ नेपालगन्जका उपमेयर कमउद्वन राईले राजीनामा दिएका छन् । उनी राष्ट्रिय सभा निर्वाचन मतदान गर्नबाट वञ्चित रहेछन् । यता प्रदेशका ८७ जना प्रदेशसभा सदस्यमध्ये चार जनाले मतदान गर्न पाउने छैनन्। प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न राजीनामा दिएपछि लुम्बिनी प्रदेशसभा सदस्य सङ्ख्या ८७ बाट घटेर ८३ मा झरेको हो। यस कारण राजीनामा दिएका चार जना प्रदेशसभा सदस्यले मतदान गर्न नपाउने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कवरले जानकारी दिए।
मतदान गर्न नपाउनेमा नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्की, यसअघि नेपाली कम्युनिस्ट पार्टीमा रही हाल प्रलोपा पार्टीबाट उम्मेदवार बनेकी कृष्णा केसी, यसअघि नागरिक उन्मुक्ति पार्टीमा रही हाल उज्यालो नेपाल पार्टीमा आबद्ध धर्मबहादुर चौधरी तथा लोकतान्त्रिक समाजवादी पार्टीमा रही हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका कन्हैया बनिया रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण