गण्डकी प्रदेशमा २२१ जनाले गरे मतदान
आइतबार, ११ माघ २०८२, १३ : ४९
सारांश
- राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकीमा २२१ जनाले मतदान गरिसकेका छन्।
- उपनिर्वाचनमा स्थानीय तहका १६५ र प्रदेशका ५६ जनाले मतदान गरे।
- राप्रपाले निर्वाचनमा भाग नलिने जनाएको छ, जसमा प्रदेशबाट २ सांसद छन्।
पोखरा । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत हालसम्म गण्डकीका २२१ जनाले मतदान गरेका छन् । फागुन २० पछि रिक्त हुने २ पदका लागि उपनिर्वाचन अन्तर्गत मतदान जारी छ ।
गण्डकीमा २२८ जना मतदाता छन् । हालसम्म स्थानीय तहका १६५ जनाले मतदान गरिसकेका छन् भने प्रदेशका ५६ जनाले मत दिइसकेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
गण्डकीमा प्रदेशका ५९ र स्थानीय तहका १६९ मतदाता छन् । अब प्रदेश सांसद ३ जना र पालिकाका प्रमुख र उपप्रमुख ४ जनाले मत दिन बाँकी रहेको कार्यालयले जनाएको छ ।
राप्रपाले मतदानमा भाग नलिने जनाएको छ । प्रदेशमा राप्रपाबाट २ जना सांसद रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण