भिखारीको रवाफ: तीनवटा घर, आफ्नै कार र ड्राइभर
सारांश
- इन्दौरमा मगन्तेमुक्त अभियानले करोडौंको सम्पत्ति भएका मांगीलालको खुलासा गरेको छ, जो वर्षौंदेखि भिख माग्दै आएका थिए।
- मांगीलालसँग तीनवटा घर, दुईवटा अटो रिक्सा, एउटा विलासी कार र मासिक १२ हजार भारु तलबमा ड्राइभर रहेको पाइएको छ।
- मांगीलालले दिनहुँ हजारौं रुपैयाँ कमाउने र सराफा बजारका पसलेहरूलाई ब्याजमा लगानी गर्ने गरेको अनुसन्धानमा खुलेको छ।
इन्दौर । भारतको इन्दौरलाई मगन्तेमुक्त सहर बनाउने अभियानका क्रममा एउटा यस्तो तथ्य बाहिर आएको छ, जसले सबैलाई चकित तुल्याएको छ। वर्षौँदेखि सराफा बजारमा बसेर भिख माग्दै आएका ५० वर्षीय मांगीलाल नामका एक व्यक्ति वास्तवमा कुनै गरिब वा असहाय नभई करोडौँको मालिक भएको खुलासा भएको हो।
कुष्ठरोगका कारण औँला गुमाएका र खुट्टा चल्न नसक्ने मांगीलाल काठको पाङ्ग्रा भएको सानो फलेकमा बसेर माग्ने गर्थे। उनको दयनीय अवस्था देखेर धेरैले दया गरी पैसा दिने गर्थे।
तर, स्थानीय अधिकारीहरूले उनलाई उद्धार गरी सोधपुछ गर्दा उनीसँग तीनवटा घर, दुईवटा अटो रिक्सा र एउटा विलासी कार समेत रहेको भेटिएको छ। अचम्मको कुरा त के छ भने, उनले आफ्नो कार चलाउनका लागि मासिक १२ हजार भारु तलब दिएर ड्राइभर समेत राखेका छन्।
अनुसन्धानका क्रममा मांगीलालले दिनकै हजारौँ रुपैयाँ कमाउने र सो रकम सराफा बजारकै पसलेहरूलाई ब्याजमा लगानी गर्ने गरेको समेत पत्ता लागेको छ। उनीसँग एउटा तीनतले घर, अर्को एउटा घर र सरकारी कल्याणकारी योजनाबाट प्राप्त फ्ल्याट गरी तीनवटा आवास रहेका छन्।
उनका परिवारका अन्य सदस्यहरू पनि माग्ने काममै संलग्न रहेको र यो सबै उनीहरूको एउटा योजनाबद्ध लगानीको स्रोत भएको बुझिएको छ।
माग्नु कानुनतः अपराध भएको इन्दौरमा मांगीलालले आफूले कसैसँग पैसा नमाग्ने बरु मानिसहरूले नै आफ्नो गोजीमा वा काठको फलेकमा पैसा हालिदिने गरेको भन्दै बचाउ गरेका छन्।
अधिकारीहरूले अहिले उनको बैंक खाता र अन्य लगानीका बारेमा थप अनुसन्धान गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण