कर्णालीमा ९६.४६ मत मात्रै खस्यो, ७ जनाले गरेनन् मतदान
सुर्खेत । बिहान ९ बजेदेखि सुरु भएको राष्ट्रिय सभा निर्वाचनको मतदान सम्पन्न भएको छ । जस अन्तर्गत कर्णालीमा ९६.४६ मत मात्रै खसेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले रातोपाटीलाई बताए ।
उनका अनुसार, कुल १९८ मतदाता संख्यामध्ये १९१ मत खसेको छ । प्रदेश सभातर्फ ४० प्रदेश सभा सदस्यमध्ये ३९ जनाले मतदान गरेका छन् भने १ जनाले मत हालेनन् ।
स्थानीय तहतर्फ १५८ मतदाता संख्यामध्ये १५२ मत मात्रै खसेको उनले बताए । स्थानीय तहका ६ जना जनप्रतिनिधिहरूले मत खसालेका छैनन् ।
राष्ट्रिय सभा अन्तर्गत कर्णालीमा एक अन्य र एक महिला पदका लागि राष्ट्रिय सभा निर्वाचन भएको छ । जस अन्तर्गत कांग्रेस–एमाले गठबन्धन छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक्लै चुनावी मैदानमा छ ।कांग्रेसबाट अन्यतर्फ ललितजंग शाही र एमालेबाट महिलातर्फ मिनासिं रखाल उम्मेदवार छन् ।
नेकपाबाट अन्यतर्फ बुद्धिप्रसाद शर्मा र महिला कलस्टरमा अन्जु महतरा उम्मेदवार छन् । आजै मतगणना गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण