मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड
काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा जोड दिनुपर्ने बताएका छन् ।
साेबार कोशी सहयोग कार्यक्रम निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले स्वीस सरकारको सहयोगमा सञ्चालित सो कार्यक्रमलाई छरितो ढङ्गले टुङ्ग्याउनुपर्ने बताए ।
बैठकमा उनले कार्यविधि र अरु प्रक्रियाहरु चाँडो सकेर कामलाई द्रुत गतिमा आगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । स्वीस सरकारसँग नेपालको सम्बन्ध सात दशक लामो भएको चर्चा गर्दै उनले स्वीस सरकारको सहयोगको प्रशंसा गरे ।
बैठकमा स्वीस सरकार विकास सहयोग कार्यक्रमअन्तर्गत सञ्चालित कार्यक्रमहरूको समीक्षा र प्रगतिका साथै आगामी दिनमा गर्न सकिने कार्यक्रमका बारेमा छलफल भएको थियो ।
यस कार्यक्रमअन्तर्गत करिब रु आठ करोड बराबरको कम्प्युटर प्रिन्टरलगायतका सामग्री स्थानीय तहमा हस्तान्तरण गरी जेनजी आन्दोलनपछि वडा कार्यालयहरु सञ्चालन गर्न सहयोग पुर्याइएको छ ।
यस कार्यक्रमले सङ्घीयता कार्यान्वयन र सुशासनमा सहयोग गर्दै आएको छ भने प्रदेशमा कानुन निर्माणमा समेत यसले सहयोग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण