नेपाल पुनर्बीमा कम्पनीको २१ लाख ७१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूह अन्तर्गतको २१ लाख ७१ हजार ९३५ कित्ता शेयर लिलाम बिक्रीमा राखिएको छ । उक्त शेयर यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको हो ।
कम्पनीका अनुसार शेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गरिनेछ । लिलामका लागि न्यूनतम बोलकबोल मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ भने न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनीका संस्थापक शेयरधनीसहित प्रचलित कानुनबमोजिम योग्य व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित तोकिएको समयसीमाभित्र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौँमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
तोकिएका सर्त तथा प्रक्रिया पूरा नगरेका बोलपत्रहरू स्वतः अमान्य हुने जनाइएको छ । लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार प्रचलित कानुनअनुसार बिक्री प्रबन्धकमा निहित रहने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ बुँदे सम्झौता लागू भएसँगै तेहरानद्वारा अमेरिकालाई चेतावनी
-
हेलिकप्टरको दुरुपयोग रोक्न गृहमन्त्रीको निर्देशन
-
खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
-
पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता
-
धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक
-
प्रतिनिधिका अन्तिम नामावली तयारी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण