बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
विपद् पूर्वतयारी बैठक

हेलिकप्टरको दुरुपयोग रोक्न गृहमन्त्रीको निर्देशन

बिहीबार, ०४ असार २०८३, १४ : ११
बिहीबार, ०४ असार २०८३

सारांश

  • गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा राज्यकोषको दुरुपयोग रोक्न निर्देशन दिएका छन् ।
  • उनले अघिल्ला सरकारहरूमा बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकप्टरको दुरुपयोग हुने गरेको भन्दै यसपटक अनावश्यक भ्रमण नगर्न निर्देशन दिए ।
  • मन्त्री गुरुङले विपद् आउनु अघि नै सजग र पूर्वतयारीमा लाग्नुपर्नेमा जोड दिँदै सबै निकाय एकीकृत टोली बनेर काम गरेमा कसैले पनि ज्यान गुमाउनु नपर्ने बताए ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय विपद् जोखिमको न्यूनीकरण गर्दा राज्यकोषको दुरुपयोग रोक्न निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै गुरुङले अघिल्ला सरकारहरूका पालामा बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकप्टरको चरम दुरुपयोग हुने गरेको टिप्पणी गरे । 

उनले भने-‘यसपटक अनावश्यक भ्रमण गरेर राज्यको सम्पत्ति नसक्न निर्देशन दिन्छु ।’ मन्त्री गुरुङले आफूले पनि हेलिकप्टर नचढ्ने घोषणा गरे । 

उनले भने- ‘म आफैँ पनि हेलिकप्टर चढेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने छैन ।’ बैठकमा सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । विपद् न्यूनीकरणमा परम्परागत कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गुरुङले भने– ‘हामी सधैँ विपद् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने गर्छौँ, जसका कारण अपेक्षाकृत नतिजा आउन सकेको छैन ।’ 

विपद् आउनु अघि नै सजग र पूर्वतयारीमा लाग्नु आवश्यक रहेको उनले बताए । बाढी र पहिरोको जोखिमयुक्त क्षेत्रमा पहिल्यैदेखि तयारी अवस्थामा रहन निर्देश गर्दै उनले भने– ‘सबै निकाय एकीकृत टोली (टिम) बनेर काम गर्ने हो भने विपदमा कसैले पनि ज्यान गुमाउनु पर्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप