भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध ६ करोड ७८ लाखको भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरत कुमार आचार्यविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गरी अकुत सम्पत्ति कमाएको जिकिर गर्दै आयोगले उनीमाथि ६ करोड ७८ लाख रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मंगलबार मुद्दा दायर गरेको हो।
आयोगले आचार्यको सेवा प्रवेश गरेको मिति २०४८ माघ ६ देखि २०८० असार ६ गतेसम्मको अवधिलाई आधार मानेर सम्पत्ति छानबिन गरेको थियो। अनुसन्धानका क्रममा आचार्य र उनको परिवारको वैध आय ३ करोड ५१ लाख ४ हजार २१० रुपैयाँ मात्र देखिएको थियो। तर, सोही अवधिमा उनको खर्च तथा लगानी भने अस्वाभाविक रूपमा उच्च अर्थात् १० करोड २९ लाख ९९ हजार २२६ रुपैयाँ पाइएको छ।
आयोगले आचार्यको वैध आयको तुलनामा ६ करोड ७८ लाख ९५ हजार १५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको उल्लेख छ। सार्वजनिक पदको दुरुपयोग गरी आर्जन गरेको उक्त रकम उनले घरजग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, बीमा, तथा छोराछोरीको उच्च शिक्षामा खर्च गरेको पाइएको छ।
साथै, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा शेयर लगानी र मौज्दातसमेत भेटिएको छ। आचार्यले भ्रष्टाचारबाट कमाएको सम्पत्ति लुकाउन श्रीमती लिली सुवेदीको नाममा जग्गा तथा अन्य सम्पत्तिहरू जोडेको अनुसन्धानबाट खुलेको अख्तिायरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आयोगले श्रीमती सुवेदीलाई पनि प्रतिवादी बनाउँदै उनीहरूको नाममा रहेको गैरकानुनी सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरेको जनाएको छ।
आयोगले इन्जिनियर आचार्यले पेस गरेको सम्पत्ति विवरणसमेत अमिल्दो र शंकास्पद रहेको जनाएको छ। उनले वास्तविक सम्पत्ति लुकाई छिपाई झुटा विवरण पेस गरेको र मनासिब कारण बिना नै उच्च जीवनस्तर यापन गरेको आयोगको निष्कर्ष छ।
अख्तियारले आचार्यलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र बिगो बमोजिमको जरिवाना तथा गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत हुन मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
-
आगामी तीन दिन देशका विभिन्न साना नदीमा बहाव बढ्ने
-
धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्ने
-
उपराष्ट्रपति यादव रुसको स्वागत समारोहमा सहभागी
-
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
-
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण