शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेस

बुधबार, १४ माघ २०८२, १५ : १३
बुधबार, १४ माघ २०८२

काठमाडाैँ । राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८१/०८२ वार्षिक प्रतिवेदन सभा समक्ष पेस गरिएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा समितिकी सभापति कमला पन्तले सो प्रतिवेदन पेस गरेकी हुन् । सो अवसरमा उनले सरकारलाई जवाफदेही र उत्तरदायी बनाउनका लागि सो प्रतिवेदन सभामा पेश गरिएको बताइन् ।

प्रतिवेदनमा नेपाललाई अतिकमविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा परिणत गर्न, जलवायु परिवर्तनले पारेका असर न्युनिकरणका लागि ठोस कदम चाल्न पनि सरकारलाई सचेत गराउने लगायतका विषयहरु समावेश गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप