सबैभन्दा ठुलो मधेसवादी पार्टी नै कांग्रेस हो, देशलाई सम्हाल्ने शक्ति हामी हौँ : गगन थापा
सारांश
- कांग्रेस सभापति गगन थापाले मधेसको विकास र अधिकारका लागि कांग्रेस नै मुख्य शक्ति रहेको बताए।
- उनले मधेसवादी दललाई भोट हाल्ने सोचमा रहेकाहरूलाई अहिलेको कांग्रेस 'नयाँ कांग्रेस' भएको बुझाउन आग्रह गरे।
- थापाले धनुषाका उम्मेदवार महेन्द्र यादवको प्रशंसा गर्दै उनले मधेसको मुद्दामा निडर भएर बोल्ने बताए।
जनकपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सबैभन्दा ठुलो मधेसवादी पार्टी नै कांग्रेस भएको दाबी गरेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसको विकास र अधिकारका लागि कांग्रेस नै मुख्य शक्ति रहेको जिकिर गरे ।
सभापति थापाले कोही नयाँ पार्टी वा मधेसवादी दलमा भोट हाल्ने सोचमा भए उनीहरूलाई अहिलेको कांग्रेस ‘नयाँ कांग्रेस’ भएको बुझाउन कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने, ‘यदि कसैले मधेसवादीलाई भोट हाल्छु भन्छ भने आजको दिनमा नेपालको सबैभन्दा ठुलो मधेसवादी पार्टी नै नेपाली कांग्रेस हो भनेर भन्न सक्नुपर्छ ।’ उनले चुनावमा राष्ट्रिय र स्थानीय मुद्दा भए पनि कांग्रेस समग्र मधेसको विकासको दृष्टिकोण लिएर जनतामाझ आएको बताए ।
धनुषा क्षेत्र नम्बर ४ का उम्मेदवार महेन्द्र यादवको प्रशंसा गर्दै थापाले उनी मधेसको मुद्दामा निडर भएर बोल्ने नेता भएको बताए । विद्यार्थी राजनीतिदेखि नै सँगै काम गरेको स्मरण गर्दै थापाले पार्टीभित्रका छलफलमा फरक मत रहे पनि मधेसको विकास र मुद्दामा यादवले कहिल्यै सम्झौता नगरेको र कुनै नेताको मुख नहेरी आफ्नो कुरा राख्ने गरेको प्रस्ट पारे । उनले महेन्द्र यादवले मधेसको असल प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे ।
थापाले यो पटकको कांग्रेस फरक सोच र शैलीका साथ आएको भन्दै पार्टीभित्र कुनै गुटबन्दी नरहेको दाबी गरे । उनले पार्टीभित्र अब गुट नरहेको भन्दै कुनै पनि बहानामा उम्मेदवारलाई असहयोग नगर्न कार्यकर्तालाई सचेत गराए ।
रुख चिन्ह लिएर उम्मेदवार बनेपछि व्यक्तिगत असन्तुष्टि बिर्सेर एक ढिक्का हुन उनले आग्रह गरे । कसैले अन्तरघात वा असहयोग गरेको सुन्न नपरोस् भन्दै उनले सबै उम्मेदवारलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिए ।
देशलाई अहिले ध्वंस गर्ने नभई सम्हाल्ने शक्तिको खाँचो रहेको भन्दै थापाले त्यो क्षमता कांग्रेससँग मात्र भएको बताए । उनले कांग्रेसले देशलाई सम्हाल्ने र व्यवस्थालाई सुधार्ने काम एकसाथ गर्ने जिकिर गरे ।
कांग्रेसको एकमना सरकार बनाउनका लागि धनुषाका सबै क्षेत्रबाट कांग्रेसले जित्नुपर्नेमा उनले जोड दिए । उनले महेन्द्र यादवसहित विमलेन्द्र निधि, रामकृष्ण यादव, दिनेश साह लगायतका उम्मेदवारलाई जिताएर पठाउन मतदातासमक्ष अपिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण