शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

एमाले कास्कीका सङ्गठित सदस्य सबै निर्वाचन परिचालन कमिटीमा

शनिबार, १७ माघ २०८२, १८ : ०१
शनिबार, १७ माघ २०८२

सारांश

  • नेकपा एमाले कास्कीले फागुन २१ गते हुने निर्वाचनका लागि ११ हजार ७ सय ७७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
  • पार्टीका केन्द्रीय सदस्य कृष्ण थापाको नेतृत्वमा निर्वाचन अनुगमन तथा सुपरिवेक्षण कमिटी गठन गरिएको छ।
  • एमाले केन्द्रीय सचिव खगराज अधिकारीले भदौ २३ गतेको घटनालाई प्रतिक्रान्तिको चाल भने।

पोखरा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले कास्कीले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जिल्ला कमिटीको नवौँ पूर्ण बैठकले कार्यवाहक अध्यक्ष भेषराज बरालको संयोजकत्वमा ११ हजार ७ सय ७७ सदस्यीय परिचालन कमिटी गठन गरेको हो । कास्कीमा एमालेको करिब १२ हजार सङ्गठित सदस्य छन् ।

जिल्ला कमिटीको सचिवालयलाई नै निर्वाचन परिचालन कमिटीको सचिवालयका रूपमा परिचालन गर्ने निर्णय गरेको संयोजक बरालले जानकारी दिए । 

यस्तै, पार्टीका केन्द्रीय सदस्य कृष्ण थापाको नेतृत्वमा निर्वाचन अनुगमन तथा सुपरिवेक्षण कमिटी समेत गठन गरिएको छ । थापा यसअघि कास्की २ बाट उम्मेदवारीको टिकट लिएर आएका थिए ।

कार्यकर्ता तहबाटै विरोध चर्किएपछि उनको टिकट रश्मि आचार्यलाई थमाइएको हो । बैठकमा एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज खगराज अधिकारीले भदौ २३ गतेको घटनालाई प्रतिक्रान्तिको चाल भन्दै त्यसको विरुद्धमा उभिन कार्यकर्तालाई अह्राए । उनले नेपालमा अमेरिकी साम्राज्यवादको योजनामा प्रतिक्रान्ति भएको दाबी गरेका छन् ।

एमालेले चुनाव जित्नका लागि वडा केन्द्रित गतिविधि र घरदैलो अभियानलाई तीव्र पार्ने जनाएको छ । कास्की क्षेत्र नम्बर १ मा बैनबहादुर अधिकारी क्षेत्री, २ मा रश्मि आचार्य र ३ मा दामोदर वैरागी उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप