दक्षिणी टर्कीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २६ घाइते
सोमबार, १९ माघ २०८२, ०९ : ४८
काठमाडौँ । दक्षिण टर्कीको अन्ताल्या प्रदेशमा आईतवार एउटा यात्रुवाहक बस सडकबाट चिप्लिएर खाल्डोमा पल्टिँदा आठ जनाको मृत्यु भएको छ । अन्य २६ जना अन्य घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यम एनटिभीकाअनुसार ३४ जना यात्रु सवार उक्त बस सडक किनारको सुरक्षा बारमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनाको खबर प्राप्त भएलगत्तै आपतकालीन उद्धार टोलीहरू घटनास्थलमा खटाइएको थियो । घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा लगिएको छ । भूमध्यसागरीय क्षेत्रको लोकप्रिय पर्यटकीय गन्तव्य अन्ताल्यामा विगत केही दिनदेखि भारी वर्षा भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण