फागुनको पहिलो साता पार्टीको र झापा–५ को छुट्टाछुट्टै घोषणापत्र आउँछ : बालेन शाह
काठमाडौँ । आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) ले झापा–५ का सुकुम्बासी बस्तीका स्थानीयहरूसँग छलफल गरेका छन् ।
मंगलबार भएको छलफलका क्रममा स्थानीयले एजेन्डाबारे प्रश्न गरेपछि बालेनले सबै एजेन्डा समेटेर घोषणापत्र ल्याउने बताएका छन् ।
उनले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए । बालेनले आफू र आफ्नो पार्टीले देशका हरेक क्षेत्रलाई समेट्ने गरी विस्तृत घोषणापत्र तयार गरिरहेको जानकारी दिएका हुन् । फागुनको पहिलो साता पार्टीको, प्रधानमन्त्री उम्मेदवारको र झापा–५ को छुट्टाछुट्टै घोषणापत्र आउने उनको भनाइ थियो ।
उनले स्वास्थ्य, शिक्षा, पूर्वाधार र व्यापारका लागि छुट्टाछुट्टै तथा स्पष्ट नीतिहरू ल्याउन लागेको बताए । स्थानीयले युवा नेतृत्वप्रति ठूलो आशा रहेको बताउँदै देश परिवर्तनका लागि बालेनको योजना सुन्न आतुर रहेको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकीमा बेवारिसे शव फेला
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण