बालेनको आश्वासन : काठमाडौँ र झापाको सुकुम्वासी बस्तीको प्रकृति फरक छ, अन्याय हुँदैन
काठमाडौँ । रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन)ले झापा-५ को सुकुम्वासी बस्तीमा पुगेर आश्वासन दिएका छन् । मंगलबार भएको छलफलमा झापा-५ का उम्मेदवार बालेनसँग स्थानीयले जग्गाधनी पुर्जा (लालपुर्जा) को विषयमा गुनासो राखेका थिए ।
स्थानीयको कुरा सुनेपछि बालेनले सुकुम्वासी समस्यालाई मानवीय र कानुनी दुवै पक्षबाट हेर्नुपर्ने बताएका थिए । बालेनले काठमाडौँको खोला किनारका जोखिमपूर्ण बस्ती र झापाका पुराना बस्तीहरूको प्रकृति फरक रहेको भन्दै वास्तविक सुकुम्वासीलाई अन्याय हुन नदिने बताए ।
उनले सुकुम्वासीको नाममा राजनीति गर्ने र पहुँचवालाले मात्र पुर्जा पाउने प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिए । कसैलाई पनि विस्थापन गर्नुभन्दा पहिले उनीहरूको उचित व्यवस्थापन र सुरक्षित बसोबासको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताएका थिए ।
उनले आगामी दिनमा भूमि आयोगलाई निष्पक्ष बनाएर वास्तविक पीडितले मात्र पुर्जा पाउने व्यवस्था मिलाइने आश्वासन समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण