इरानसँगको वार्ताले नतिजा दिएन भने नराम्रो हुन सक्छ: ट्रम्प
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका प्रतिनिधिहरू इरान सरकारसँग वार्तामा रहेको बताएका छन् । यी वार्ताहरूले परिणाम दिने आशा आफूले गरेको उनको भनाइ छ ।
तर यसबीच उनले इरानलाई धम्की पनि दिएका छन् । ‘हामी हाल इरानसँग बातचित गरिरहेका छौं, तर मलाई आशा छ कि यसले सकारात्मक नतिजा दिनेछ, किनकि यदि त्यसतो भएन भने, केहि नराम्रो हुन सक्छ,’ ट्रम्पले एक वक्तव्यमा भने ।
इरानी विदेशमन्त्री अब्बास अराघची र ट्रम्पका विशेष दूत स्टिभ विटकोफबीच आगामी केही दिनमा टर्कीको इस्तानबुलमा प्रत्यक्ष भेटघाट हुने अनुमान बढ्दै गर्दा यो वक्तव्य आएको हो । रोयटर्सले छापेको समाचारअनुसार स्टिभ विटकोफ इजरायलमा छन् ।
उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गरेका छन् । यो समाचारले बैठक इरान र अमेरिकाबिचको वार्तासँग सम्बन्धित हुन सक्ने सम्भावना बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण