म्याग्दीमा जलविद्युत् आयोजनाका सुरक्षा गार्डको हत्या, ६ जना पक्राउ
सारांश
- म्याग्दीको राहुघाट जलविद्युत् आयोजनामा सुरक्षा गार्डको हत्या भएको छ।
- अनुसन्धानले घटना नियोजित हत्या भएको निष्कर्ष निकालेको छ, जसमा ६ जना पक्राउ परेका छन्।
- चोरीको विषयमा विवाद हुँदा सुरक्षा गार्डलाई मारेको खुलेको छ, प्रहरीले चोरीका सामान बरामद गरेको छ।
पोखरा । म्याग्दीको रघुगंगा गाउँपालिका–३ चमेरेमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनामा कार्यरत सुरक्षा गार्डको हत्या भएको छ । ड्युटीमा खटिएका ५५ वर्षीय भीष्म पौडेल माघ १५ गते पावर हाउसको भुईँतलामा मृत भेटिएका थिए । घटनापछि अनुसन्धानमा खटिएको प्रहरीले यो घटना हत्या भएको निष्कर्ष निकालेको छ ।
विशेषज्ञ चिकित्सकको टोली र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको तालिम प्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गरेपछि घटना नियोजित हत्या भएको खुलेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न ६ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।
प्रहरीका अनुसार माघ १४ गते राति आयोजनास्थलबाट वेल्डिङ मेसिन र तामाको तार चोरी भएको थियो । चोरीको विषयमा सुरक्षा गार्ड पौडेलले थाहा पाएर कम्पनीलाई जानकारी गराइदिने बताएपछि विवाद सुरु भएको थियो । विवादका क्रममा भिमप्रसाद किसानले काठको दाउराले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । त्यसपछि उनलाई पावर हाउसको दोस्रो तलामा रहेको प्वालबाट भुईँतलामा फालेर हत्या गरिएको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेहरूमा भिमप्रसाद किसान, रघुगंगा–३ का गमबहादुर सेन्चुरी र गिरीबहादुर मल्ल, जलजला–३ का विज्ञानराज शर्मा, देवदह–९ रुपन्देहीका तुलबहादुर गुरुङ र बेनी नगरपालिका–९ का शिव पुरी रहेका छन् । प्रहरीले चोरी गरी बिक्री गरिएको तामाको तार र वेल्डिङ मेसिन समेत बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई म्याग्दी जिल्ला अदालतबाट अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सागर तिमिल्सिनाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण