झापा–५ मा गठबन्धनको हल्ला चलेपछि कांग्रेसले भन्यो– भ्रामक कपोकल्पित
सारांश
- नेपाली कांग्रेस झापा-५ ले कुनै पार्टीसँग गठबन्धनबारे छलफल नभएको जनाएको छ।
- पार्टीले सामाजिक सञ्जालमा फैलिएका भ्रमपूर्ण हल्लाको पछि नलाग्न आग्रह गरेको छ।
- आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई एकजुट हुन आह्वान गरिएको छ।
काठमाडौँ । नेपाली कांग्रेस झापा–५ कार्यसमितिले कुनै पार्टीसँग गठबन्धन गर्ने विषयमा कुनै छलफल नभएको भन्दै त्यस्ता भ्रामक र कपोकल्पित हल्लाका पछि नलाग्न आग्रह गरेको छ ।
क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत कपोकल्पित समाचार फैलाएर कार्यकर्ता र मतदातामा भ्रम सिर्जना गर्न खोजेको प्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
‘नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले निर्वाचन अगाडि कुनै अर्को दलसँग गठबन्धन नहुने स्पष्ट पारिसक्नुभएको छ । कांग्रेस आफ्नो प्रतिबद्धतामा अडिग छ । शुभचिन्तक र कार्यकर्ताहरूलाई कुनै पनि भ्रम वा अफवाहको पछि नलाग्न अनुरोध छ,’ विज्ञप्तिमा लेखिएको छ ।
विज्ञप्तिमा आगामी २०८२ साल फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार मन्धरा चिमोरिया पौड्याललाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण कार्यकर्तालाई निर्वाचन केन्द्रित कार्यक्रममा एक जुट हुन आह्वान गरिएको छ ।
पार्टीले आम मतदाताहरूलाई कांग्रेसको चुनाव चिन्ह रूखमा मतदान गर्न र भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण