क्यान्सर मेरा लागि नमिठो अनुभूति बनेको छ : प्रचण्ड
बुधबार, २१ माघ २०८२, ११ : २४
सारांश
- पूर्व प्रधानमन्त्री प्रचण्डले क्यान्सर रोग डर र पीडा भएको बताए।
- उनले क्यान्सर रोग नेपालमा चुनौतीको रूपमा देखा परेको बताए।
- प्रचण्डले क्यान्सरसँग लडिरहेका बिरामीहरूको कथा फरक हुने बताए।
काठमाडौँ । नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्सर रोग डर, पीडा समेत भएकाले नेपालमा यो रोग चुनौतीका रूपमा देखा परेको बताएका छन् ।
विश्व क्यान्सर दिवसको अवसरमा बुधबार एक सन्देश जारी गर्दै प्रचण्डले आफ्ना लागि क्यान्सर नमिठो अनुभूति समेत रहेको बताएका हुन् ।
‘क्यान्सर केवल एउटा रोग मात्र होइन । यो पीडा हो, डर हो, मृत्युसँग आमनेसामने उभिनुपर्दाको अनुभव हो’प्रचण्डले भनेका छन्, ‘यो निरन्तर सङ्घर्ष हो । त्यसैले क्यान्सरसँग लडिरहेका हरेक बिरामीको कथा फरक हुन्छ, उनीहरूको आँसु फरक हुन्छ, आशा फरक हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण