सरकार निर्वाचन सार्ने षडयन्त्रमा लाग्यो: एमाले उपाध्यक्ष थापा
सारांश
- एमाले उपाध्यक्ष रामबहादुर थापाले वर्तमान सरकार निर्वाचन सार्न खोजेको आरोप लगाए।
- प्रधानमन्त्रीको भनाइ निर्वाचन सार्ने षडयन्त्रको संकेत भएको थापाको दाबी छ।
- थापाले सरकार निर्वाचनको वातावरण बिगार्न खोजेको र सत्ता लम्ब्याउन खोजेको आरोप लगाए।
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापा ‘बादल’ ले वर्तमान सरकार निर्वाचन सार्ने खेलमा लागेको आरोप लगाएका छन्। बुधबार नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै थापाले सरकारको नियतमाथि गम्भीर आशंका व्यक्त गरेका हुन्।
प्रधानमन्त्रीले केही दिनअघि हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भनी दिएको अभिव्यक्ति निर्वाचन सार्ने षडयन्त्रको एउटा कडी भएको थापाको दाबी छ। ‘निर्वाचन सार्ने स्पष्ट छनक प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरूले दिइरहेका छन्,’ उनले भने, ‘सरकार निर्वाचन सम्पन्न गराउनु भन्दा पनि यसलाई कसरी टार्न सकिन्छ भन्नेमा केन्द्रित देखिएको छ।’
प्रधानमन्त्रीको यस्तो भनाइले आम मतदाता र दलहरूमा अन्योल सिर्जना गरेको उनले बताए। थापाले सरकारले निर्वाचनको वातावरण बिगार्न अनेकौँ प्रपञ्च रचिरहेको आरोप समेत लगाए। निर्वाचनका बेला विभिन्न दलहरूलाई विवादमा तान्ने र न्यायालयमा समेत आफ्नो छाया पारेर शक्ति सन्तुलन बिगार्ने काममा सरकार तल्लीन रहेको उनको भनाइ छ।
‘अहिलेको सरकार स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्दा पनि षडयन्त्रकारी ढङ्गले सत्ता लम्ब्याउने बाटोमा छ,’ थापाले थपे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण