इजरायली आक्रमणमा गाजामा १७ जनाको मृत्यु
इजरायल । गाजामा इजरायली सेनाको आक्रमणमा परेर कम्तीमा पनि १७ जना प्यालेष्टिनीको मृत्यु भएको छ ।
मर्नेमा अधिकांश महिला र बालबालिका रहेको अस्पतालका अधिकारीहरूले बुधबार बताएका छन् । सशस्त्रको गोली लागेर आफ्ना सेना घाइते भएको अनि एक जनालाई गम्भीर रूपमा चोट लागेपछि आक्रमण गरेको इजरायलले भनेको छ ।
आक्रमणमा सात जना महिला र पाँच जना बालबालिकाको मृत्यु भएको अस्पतालका अधिकारीहरूले बताएका छन् । मर्नेमा एक जना ५ महिना र अर्का एक जना १० दिनको बालक पनि परेका छन् ।
अक्टोबर १० मा इजरायल र हमासबिच युद्ध विराम भएयता इजरायलको आक्रमणमा परेर दिनहुँ प्यालेष्टिनीहरू मरिरहेका छन् । युद्ध विराम यता इजरायली पक्षबाट ५३० जनाको हत्या भएको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
‘गाजापट्टीमा हाम्रा जनता विरुद्धको नरसंहारकारी युद्ध जारी छ,’ गाजा शहरको शिफा अस्पतालका निर्देशक डा। मोहम्मद अबु सेल्मियाले फेसबुक पोस्टमा भनेका छन् ‘युद्ध विराम कहाँ छ ? मध्यस्थकर्ता खोइ ?’ पोस्टमा उनले प्रश्न गरेका छन् ।
मध्यस्थकर्ताहरूले आक्रमणको निन्दा गरेका छन् । हमासले यी आक्रमणलाई सम्झौताको उल्लङ्घन भनेको छ, तर इजरायली सेनाले हमासले सम्झौता उल्लङ्घन गरेको वा आफ्ना सैनिकहरूमाथि भएको आक्रमणको जवाफ दिइरहेको भनिरहेको छ । युद्ध विराम लागू भएदेखि चार सैनिक मारिएको इजरायली सेनाले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण