राष्ट्रिय बहिरा ११–ए साईड फुटबल प्रतियोगिताको तयारी पूरा
काठमाडाैँ । सुन्दरढोका साथीसेवाको आयोजनामा आगामी माघ २५ र २६ गते दशरथ रंगशालामा राष्ट्रिय स्तरको बहिरा फुटबल प्रतियोगिता हुने भएको छ । यस प्रतियोगितामा देशभरबाट जम्मा ८ वटा टोलीहरुले सहभागिता जनाउनेछन् ।
सातै प्रदेशबाट १–१ टिम र वागमती प्रदेशबाट थप १ गरी जम्मा ८ टिमबिच प्रतिस्पर्धा हुनेछ । कुल १ घण्टा (३०/३० मिनेटका दुई हाफ र १० मिनेटको ब्रेक) हुनेछ । पहिलो दिन ४ वटा नकाउट खेलहरु हुनेछन् । विजेता टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । दोस्रो दिनमा सेमिफाइनल र फाइनल खेलहरु हुनेछन् । विजेता टोलीले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी द्वितीय हुनेले ४० हजार र तृतीय हुने टोलीले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर र कोचलाई जनही ५–५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । बहिरा फुटबल खेलाडीहरुको पहिचान र राष्ट्रिय/अन्तर्राष्ट्रिय सहभागिताका लागि वातावरण तयार गर्ने, खेलाडीहरुको आत्मबल वृद्धि र खेल कौशलता प्रष्फुटन गराउने र बहिरा खेल प्रवर्द्धनका लागि सरकारी निकायसँग समन्वय गर्ने उद्देश्यका साथ खेल आयोजना गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलाको भूकम्पमा एक लाखसम्म मारिएको अनुमान, के–के भइरहेको छ अहिले ?
-
कास्कीको स्थानीयतहको बजेट ९ अर्ब ७१ करोड
-
वैदेशिक रोजगारीको कालो ऐना: मेनपावर व्यवसायी, कामदार र राज्यको दोहोरो चरित्र
-
प्रचण्ड गर्मीको चपेटामा युरोप, फ्रान्समा डुबेर मर्नेहरूको संख्या अत्यधिक
-
राजनीतिक संकटपछि भनेजुएलामा दुई शक्तिशाली भूकम्पको धक्का, तस्बिरहरू
-
सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण