प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छ : पूर्वराष्ट्रपति यादव
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले भारतले नेपाललाई गर्दै आएको प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण रहेको बताएका छन् ।
भारतीय दूतावासले शुक्रबार आयोजना गरेको ‘६१औँ भारतीय प्राविधिक तथा आर्थिक सहयोग दिवस’मा उहाँले नेपालको विकासमा भारतको योगदानको स्मरण गर्दै प्राविधिक तथा आर्थिक विकासमा पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताएका हुन् ।
“नेपाल–भारतबिचको धार्मिक, सांस्कृतिक रूपमा एतिहासिक सम्बन्ध रहेको छ”, पूर्वराष्ट्रपति डा. यादवले भने, “स्वास्थ, भौतिक पूर्वाधारदेखि शिक्षा र प्राविधिक क्षेत्रमा पुर्याएको योगदान महत्त्वपूर्ण छ ।” नेपाल विकासमा उल्लेखनीय सहयोग गर्दै आएको भारत सरकारले आगामी दिनमा पनि सहकार्य प्रभावकारी रहने विश्वास व्यक्त गरे ।
नेपालका लागि भारतीय राजदूत नभीन श्रीवास्तवले नेपालका विभिन्न क्षेत्रका सरकारी कर्मचारी, प्रहरी, नेपाली सेना, पत्रकारलागयतका ३५ हजारभन्दा धेरै मानिसले तालिम लिएको जानकारी दिए। सो अवसर तालिमको अनुभव साटासाट गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण