गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रको अवस्थाबारे सभापति थापाले गरे छलफल
कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गण्डकी प्रदेशका कांग्रेसका नेताहरूसँग ११ जिल्लाको १८ वटा निर्वाचन क्षेत्रको अवस्थाका बारेमा छलफल गरेका छन्।
फागुन २१ गते हुनगइरहेको प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका सबै उम्मेदवारहरूलाई जिताउन गर्नुपर्ने गृहकार्यका बारेमा सूक्ष्म तरिकाले छलफल भएको नेताहरूले बताएका छन्।
कांग्रेस नेता तथा गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीका अनुसार सो छलफलमा पार्टीले उठाएका प्रतिनिधिसभाको उम्मेदवार, उम्मेदवारको अवस्था, अन्य नेता कार्यकर्ताको भूमिका र आवश्यक रणनीति बारे छलफल भएको थियो।
पार्टी भित्र रहेका केही असन्तुष्टिहरूलाई पनि छलफलबाट पूर्णरुपमा समाधान गरिएको उनको भनाइ छ।
छलफलपछि पार्टीका सबै नेताहरूमा ऊर्जा थपिएको र एक ढिक्का भएर चुनावमा होमिने वातावरण बनेको नेता सुवेदीले जानकारी दिए।
सभापति थापाले यसअघि मधेस प्रदेशका ८ जिल्लाका नेता कार्यकर्तासँग जनकपुरमा छलफल गरेका थिए भने आवश्यकता अनुसार अन्य प्रदेशमा पनि पार्टीका नेता कार्यकर्तासँग चुनावी छलफल गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण