प्रियंकाको भावुक पोस्टः सुनिल थापा तपाईं सधैं मेरा कोच सर नै रहनुहुनेछ
सारांश
- अभिनेत्री प्रियंका चोपडाले कलाकार सुनिल थापाको निधनमा श्रद्धाञ्जली अर्पण गरिन्।
- प्रियंकाले 'मेरी कोम' फिल्ममा थापासँगको अनुभव सम्झिँदै उनलाई सधैं सम्झिरहने बताइन्।
- उनले थापाको परिवार र आफन्तजनप्रति समवेदना व्यक्त गरेकी छिन्।
काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपराले वरिष्ठ कलाकार सुनिल थापाको निधनप्रति सामाजिक सञ्जालमार्फत भावुक श्रद्धाञ्जलि अर्पण गरेकी छन् । थापाको निधनले आफूलाई गहिरो पीडा पुगेको भन्दै प्रियंकाले उनलाई जीवनभर नबिर्सिने उल्लेख गरेकी छन् ।
प्रियंकाले फेसबुकमा 'मेरी कोम' फिल्ममा रहेको आफू र थापा सँगैको एक भिडियो पोस्ट गर्दै लेखेकी छन्, 'तपाईं सधैं मेरा कोच सर नै रहनुहुनेछ । मैले बाबालाई गुमाएको त्यो कठिन समयमा तपाईंले मलाई सम्हालेर राख्नुभयो । थाहा नपाउँदै पनि तपाईंले मलाई माया गर्नुभयो र धेरै अप्ठ्यारो दिनहरू पार गर्न सहयोग गर्नुभयो ।' उनले थापाको न्यानो अँगालो र हाँसो सधैं आफ्ना सम्झनामा जीवित रहने उल्लेख गरेकी छन् ।
अत्यन्तै कम उमेरमै थापा हामीबाट बिदा भए पनि उनलाई कहिल्यै नबिर्सिने प्रियंकाको भनाइ छ । 'म टुटेको बेला देखाउनुभएको तपाईंको दयालुता र साथका लागि हृदयदेखि धन्यवाद,' भन्दै उनले स्वर्गीय थापाप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । साथै थापाको परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना र प्रार्थना व्यक्त गरेकी छन् ।
सुनिल थापा र प्रियंका चोपरा सन् २०१४ मा प्रदर्शन भएको बलिउड फिल्म ‘मेरी कोम’ मा सँगै काम गरेका थिए । उक्त फिल्ममा थापाले प्रियंकाको कोचको भूमिका निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण