एसियाली खेलकुद लक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक ल्याउने उद्देश्यका साथ सञ्चालित प्रशिक्षणलाई निरन्तरता दिन निर्देशन दिएकी छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, राष्ट्रिय टोली तयारी निर्देशक ओलम्पियन दीपक विष्ट, उपनिर्देशक दीपक श्रेष्ठसहितको टोलीसँग आज भएको भेटमा उनले खेलाडीलाई हौसला र खेलको तयारीमा कुनै कसरी बाँकी नराख्न निर्देशन दिएकी हुन् ।
आगामी असोजमा जापानमा हुने एसियाली खेलकुदको तयारीमा कुनै कमी हुन नदिन आवश्यक बजेट र अन्य बन्दोबस्त मिलाउन पनि प्रधानमन्त्री कार्कीले सदस्यसचिव मेहतालाई निर्देशन दिइन् ।
राखेपले पदकलाई लक्षित गरी दुई वर्षदेखि १० खेलका ११ टोलीलाई विशेष प्रशिक्षण दिँदै आएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटले यही माघ महिनासम्म मात्र कार्यक्रम सञ्चालन गर्न सकिने भएपछि बाँकी रकम व्यवस्थापनका लागि प्रधानमन्त्रीलाई निर्देशक विष्टले अनुरोध गरेका थिए ।
युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि सम्हालेकी प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग पनि आवश्यक समन्वय गर्न आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण