फागुन २ मा पोखरा अन्तर्राष्ट्रिय म्याराथन
सारांश
- पोखरामा फागुन २ गते २० औँ संस्करणको अन्तरराष्ट्रिय म्याराथन हुँदैछ।
- म्याराथनमा २१ देशका १५१ धावकले प्रतिस्पर्धा गर्नेछन्।
- विजेताहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।
कास्की । पोखरामा यही फागुन २ गते २० औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुने भएको छ ।
पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ भूतपूर्व खेलाडी मञ्चको आयोजनामा म्याराथन हुन लागेको हो । यस संस्करणमा २१ देशका ६० जना विदेशीसहित १५१ धावकले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले म्याराथनअन्तर्गतका विभिन्न २१ विधामा कुल १० हजार धावक दौडिने र मुख्य विधा अन्तर्राष्ट्रिय म्याराथनमा भने नेपालसहित भारत, केन्या, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, नाइजेरिया, बेल्जियमलगायत देशबाट गरी १५१ जनाले नाम दर्ता गराएको जानकारी दिए । विभिन्न विधामा प्रतिस्पर्धात्मक रूपमा तीन हजार ५०६ र ‘रन फर फन’मा छ हजार ७०० जना दौडिने उनले बताए ।
यसैगरी म्याराथनकै ४५ वर्षभन्दा माथिको उमेर समूहमा २८ जना धावक सहभागी हुनेछन् । हाफ म्याराथन पुरुषतर्फ आठ विदेशीसहित १८८ जना, महिलातर्फ आठ विदेशीसहित १९० जना, ४५ वर्षभन्दा माथिको उमेर समूहमा एक विदेशीसहित २५ जनाले नाम दर्ता गराएको मञ्चका सचिव महेश पौडेलले बताए ।
म्याराथनमा प्रथम हुनेले रु चार लाख, द्वितीयले रु दुई लाख, तृतीयले रु एक लाख, चौथो हुनेले रु ५० हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार दिइने उनले जानकारी दिए । यसैगरी अन्य विधाका च्याम्पियनले समेत नगद पुरस्कार पाउने छन् । मञ्चले पुरस्कार राशिमा मात्र रु १९ लाख ८९ हजार खर्च हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल–गोरुसिङ्गे सडकको डाइभर्सन बग्यो, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह
-
भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण