बलात्कार अभियोगमा उदयपुर, डडेल्धुरा र सुर्खेतबाट तीन जना पक्राउ
सारांश
- उदयपुर, डडेल्धुरा र सुर्खेतमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
- उदयपुरमा २३ वर्षीय लक्ष्मण पाठक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।
- डडेल्धुरा र सुर्खेतमा क्रमशः सुरेश सार्की र बले खाँडलाई पनि जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको छ।
काठमाडौँ । जबरजस्ती करणी गरेको छुट्टाछुट्टै अभियोगमा प्रहरीले उदयपुर, डडेल्धुरा र सुर्खेतबाट तीन जनालाई नियन्त्रणमा लिएको छ।
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने २३ वर्षीय लक्ष्मण पाठकलाई प्रहरीले पक्राउ गरेको हो। पीडितका तर्फबाट परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले पाठकलाई सोमबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
त्यसैगरी, डडेल्धुराको अमरगढी नगरपालिका-११ का २९ वर्षीय सुरेश सार्की १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्। उनलाई सोमबार साँझ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यता सुर्खेतमा पनि २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३० वर्षीय बले खाँड समातिएका छन्।
प्रहरीका अनुसार तीनै वटा घटनाका आरोपितहरूलाई पीडितको उजुरीका आधारमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले नियन्त्रणमा लिएका हुन्। पक्राउ परेका तीनै जनामाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण