सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

रामेछाप दुर्घटना अपडेट : बस चालक प्रहरीको नियन्त्रणमा

मङ्गलबार, २७ माघ २०८२, १९ : २७
मङ्गलबार, २७ माघ २०८२

काठमाडौँ । रामेछापको सेलेघाटमा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ  । 

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस तामाकोशीमा खसेको थियो । मृत्यु भएका ११ जनाको सनाखत भएको छ । एक जनाको पहिचान खुलेको छैन ।

दुर्घटनामा संलग्न बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको मन्थली नगरपालिका –११ घर भएका चालक ३१ वर्षीय सुशान्त थापामगरलाई पक्राउ गरिएको रामेछापका डीएसपी भोला भट्टले रातोपाटीलाई बताए । चालकको मेरुदण्डमा चोट लागेको थियो । उनलाई अस्पतालले डिस्चार्ज गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप