कांग्रेसले घोषणापत्र नभई प्रतिज्ञा पत्र ल्याउँछ : गगन थापा
सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभई प्रतिज्ञापत्र ल्याउने बताएका छन् ।
सिराहा निर्वाचन क्षेत्र नं ३ ले गोलबजारमा मंगलबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सभापति थापाले प्रतिज्ञापत्र ल्याउने बताएका हुन् ।
‘फागुन २१ गते निर्वाचन हुनेछ, चैतमा सरकार गठन हुनेछ र वैशाख १ गते प्रधानमन्त्रीले उभिएर आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै पाँच वर्षभित्र गर्ने कामबारे प्रतिबद्धता जनाउने छन्’, उनले भने, ‘भाषण होइन, काम गरेर देखाइन्छ । वैशाख महिनाभरि बनाइएका योजनाको मूल्याङ्कन जेठ १ गते गरिन्छ । एक–एक महिनामा कामको मूल्याङ्कन हुन्छ र नागरिकलाई नै मूल्याङ्कनमा सहभागी गराइन्छ ।’
सभापति थापाले प्रत्येक महिनाको १ गते सरकारको कामको समीक्षा गर्ने प्रणाली लागू गरिने बताए । ‘यस्तो सरकार बनाउन सकिन्छ । समय पनि छ । तर यसका लागि उत्साह, अनुभव, जोश, होस र सम्हाल्ने क्षमता चाहिन्छ,’ थापाले भने ।
उनले थप भनेका छन्, ‘केवल उखान टुक्का र भत्काउने कुरा गरेर हुँदैन, सबैलाई मिलाएर अघि बढाउने क्षमता चाहिन्छ, जुन क्षमता नेपाली कांग्रेस र मसँग छ ।’
सभापति थापाले कांग्रेसका उम्मेदवारले प्रत्येक जिल्लामा गरेका वाचा पूरा हुने दाबी गर्दै त्यसको जिम्मेवारी आफूले लिने पनि बताए । त्यसका लागि जनताले पहिले जिताएर पठाउनुपर्ने उनको आग्रह छ ।
‘हामी सपना बोकेर आएका छौँ । देशभरिका आमाको अनुहारमा मुस्कान ल्याउन चाहन्छौँ, युवालाई भरोसा दिन चाहन्छौँ र साथीहरूलाई ‘नेपाली हुँ’ भन्ने गर्व दिलाउन चाहन्छौँ,’ थापाले भने, ‘त्यसका लागि जनताको साथ आवश्यक छ ।’
उनले युवाहरूकै लागि आफू जोखिम मोलेर पार्टीको सभापति बनेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
-
पाकिस्तानकी चर्चित मानवअधिकार अभियन्ता महरंग बलोचलाई आजीवन कारावास
-
वैदेशिक रोजगार : सरकारी नीतिकै मार, श्रमिकमाथि थपिँदो आर्थिक भार
-
बुधबार कुन सहरको मौसम कस्तो ?
-
मुन्योसको गोलमा कङ्गोविरुद्ध कोलम्बियाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण