नरसंहारमा उक्साउने र नरसंहार मच्चाउने दुवै चुनावमा हार्नुपर्ने जेनजी आन्दोलनका शहीद श्रीयमका बुबाको भनाइ
सारांश
- शहीद श्रीयम चौलगाईंका पिता गणेश चौलगाईंले आगामी चुनावमा नरसंहारमा उक्साउने र मच्चाउने दुवैलाई हराउनुपर्ने बताए।
- उनले झापा ५ मा केपी ओली र बालेन्द्र शाह दुवैप्रति आक्रोश व्यक्त गर्दै जेनजीका एजेण्डा बेवारिसे पारेको आरोप लगाए।
- गणेश चौलगाईंले रञ्जित तामाङलाई समर्थन गर्ने र जेनजीका अधुरा सपना पूरा गर्न प्रतिबद्धता जनाए।
विराटनगर। गत भाद्र २३ गतेको जेनजी आन्दोलनका शहीद श्रीयम चौलगाईंका पिता गणेश चौलगाईले नरसंहारमा उक्साउने र नरसंहार मच्चाउने दुवैलाई हराउनुपर्ने आगामी चुनावमा हराउनुपर्ने बताएका छन् ।
झापा ५ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङसँग मंगलबार भेट गरी सहिद पिता चौलागाईले झापा– ५ मा उम्मेदवारी दिएका केपी ओली र बालेन्द्र शाह दुवैप्रति आक्रोश पोखेका हुन्। गौरादह ७ मा आइपुगेका सहिद पिता चौलगाईले भने, ‘नरसंहारमा उक्साउने बालेन र नरसंहार मच्चाउने ओली दुबैलाई हराउनुपर्छ।’ उनले बालेन र रविहरुले जेनजीका एजेण्डा बेबारिसे पारेको आरोप लगाए ।
चौलगाईले भने, ‘जेनजीका एजेण्डा बोकेको हुनाले झापा ५ मा आफ्नो साथ, सहयोग र समर्थन रञ्जित तामाङलाई रहन्छ ।’ चौलगाईले २०८४ को चुनाव २०८२ मा सार्न मात्र जेनजी विद्रोह नभएको भन्दै थपे, ‘एकथान चुनाव मात्र जेनजीको माग थिएन।’
प्रत्युत्तरमा तामाङले जेनजीका अधुरा सपना पुरा गर्न मन, वचन र कर्मले लागिरहने प्रतिबद्धता जनाए । वास्तविक जेनजीका मुद्दा पुरा गर्न आफू निरन्तर लागिरहने भन्दै उनले जेनजी सहिद पिताको अपेक्षाले आफ्नो जिम्मेवारी बढेको उल्लेख गरे ।
मोरङको बेलबारी ११ घर भएका १८ वर्षीय श्रीयम परिवारसहित काठमाडौँको पेप्सीकोला बस्दै आएका थिए । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा १२ (म्यानेजमेन्ट) अध्ययनरत थिए । उनी परिवारको एक्लो छोरा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण