भेनेजुएलामा तत्काल राष्ट्रपति चुनाव नहुने घोषणा
सारांश
- भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले तत्काल नयाँ राष्ट्रपतिको चुनाव नहुने बताए।
- उनले देशमा स्थिरता र सरकारी संस्थाहरूको पुनर्संरचना मुख्य प्राथमिकता रहेको जनाए।
- विपक्षी दलहरूले चुनावलाई लिएर असहमति जनाएका छन्, तर सरकारले वार्ताको प्रयास गर्ने जनाएको छ।
काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले देशमा तत्काल नयाँ राष्ट्रपति चयनका लागि चुनाव नहुने स्पष्ट पारेका छन् । अमेरिकी सञ्चारमाध्यम न्यूजम्याक्सलाई दिएको अन्तर्वार्तामा उनले अहिलेको मुख्य प्राथमिकता चुनाव नभई देशमा स्थिरता र सरकारी संस्थाहरूको पुनर्संरचना भएको बताए ।
रोड्रिगेजका अनुसार भेनेजुएलाले हाल पुनः–संस्थानीकरणको चरण पार गरिरहेको छ, जसअन्तर्गत न्यायालय, सुरक्षा निकाय, प्रशासन र संवैधानिक संरचनालाई फेरि पूर्ण रूपमा कार्यक्षम र सर्वस्वीकार्य बनाउने प्रयास भइरहेको छ । अहिलेको आवश्यकता निर्वाचन नभएर स्थिरता सुनिश्चित गर्नु भएकोमा उनले जोड दिए ।
भेनेजुएलामा राष्ट्रपति कार्यकाल छ वर्षको हुन्छ । पछिल्लो चुनाव २०२४ मा भएको थियो । जसलाई विपक्षी दलहरू र धेरै अन्तर्राष्ट्रिय समुदायले विवादास्पद र अपारदर्शी भनेका थिए । त्यसयता देशको राजनीतिक अवस्था थप जटिल बनेको छ । जनवरी ३ मा अमेरिकी सेनाले राजधानी कारकासमा आक्रमण गरेर राष्ट्रपति निकोलास मादुरो र उनको पत्नीलाई समातेर अमेरिका लगेपछि सर्वाेच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेको थियो । उनलाई सेना र सत्तारूढ समाजवादी पार्टी दुवैले समर्थन दिएका छन् ।
नयाँ चुनावको लागि समय तालिका तय गर्नुअघि सरकारले विपक्षका सबै धारसँग वार्ता र सहमति खोज्ने जर्ज रोड्रिगेजले बताए । उनका अनुसार राष्ट्रिय मेलमिलाप, राजनीतिक संवाद र संस्थागत स्थायित्व बिना चुनावले थप ध्रुवीकरण मात्र ल्याउनेछ । सरकारले यसबिच केही राजनीतिक बन्दीलाई रिहा गर्ने तथा माफी सम्बन्धी कानुन अघि बढाएको छ । यद्यपि विपक्षी दलहरूले यसलाई अपर्याप्त र राजनीतिक चाल भनेका छन् । चुनाव टार्ने निर्णयले मादुरो पक्षलाई सत्ता सम्हाल्न थप समय दिने विश्लेषण आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण