आगो लगाएर ज्यान मारेको अभियोगमा १८ वर्ष कैद तोकिएका चोख्याल १५ वर्षपछि पक्राउ
बुधबार, २८ माघ २०८२, १९ : ३१
नवलपरासी । आगो लगाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई १५ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नवलपरासी जिल्ला अदालतले २०६७ सालमा १८ वर्ष कैद सजाय सुनाएका सुनवल नगरपालिका–१ सोमनाथ टोलका ५५ वर्षीय दल बहादुर चोख्याललाई प्रहरीले माघ २७ गते पक्राउ गरेको हो।
नवलपरासी जिल्ला अदालतबाट २०६७ मंसिर ९ गते भएको फैसलापछि फरार रहेका चोख्याललाई इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको विशेष टोलीले खोजतलासका क्रममा उनकै घरमा फेला पारेको थियो। पक्राउ परेका चोख्याललाई बुधबार नवलपरासी जिल्ला अदालतमा उपस्थित गराइएको छ।
अदालतको आदेशपछि उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण