दीपेन्द्रले इस्लामाबाद युनाइटेडबाट पीएसएल खेल्ने
सारांश
- दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग (पीएसएल) मा इस्लामाबाद युनाइटेडबाट खेल्ने भएका छन्।
- उनलाई ६० लाख पाकिस्तानी रुपैयाँ (करिब ३१ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरिएको हो।
- आईसीसी वरीयतामा ब्याटिङतर्फ ७२औँ र बलिङतर्फ ७१औँ स्थानमा दीपेन्द्रले सुधार गरेका छन्।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग (पीएसएल) मा इस्लामाबाद युनाइटेडबाट खेल्ने भएका छन् । बुधबार सम्पन्न अक्सनमा उनलाई बेस प्राइस ६० लाख पाकिस्तानी रुपैयाँ (करिब ३१ लाख नेपाली रुपैयाँ) मा टोलीले अनुबन्ध गरेको हो ।
पीएसएलजस्तो प्रतिष्ठित फ्रेन्चाइज लिगमा अनुबन्धित भएसँगै दीपेन्द्रको अन्तर्राष्ट्रिय करियरमा अर्को महत्त्वपूर्ण उपलब्धि थपिएको छ ।
संयोगवश, बुधबार नै सार्वजनिक भएको आईसीसीको पछिल्लो वरीयता क्रममा पनि दीपेन्द्रले सुधार गरेका छन् । ब्याटिङतर्फ उनले ४ स्थान सुधार गर्दै ७२औँ स्थानमा उक्लिएका छन् भने बलिङतर्फ ५ स्थान माथि चढ्दै ७१औँ स्थानमा पुगेका छन् ।
अलराउन्डरतर्फ भने उनको वरीयता छैटौँ स्थानमै यथावत् रहेको छ।
पीएसएलमा अनुबन्ध भएपछि रातोपाटीसँग प्रतिक्रिया दिँदै दीपेन्द्रले भने, ‘मैले भर्खर यो कुरा थाहा पाएँ। धेरै खुसी छु। मेरो लागि यो राम्रो मौका हो ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण