हालान्डको गोलसहित सिटीको शानदार जित
बिहीबार, २९ माघ २०८२, ०३ : २१
सारांश
- म्यानचेस्टर सिटीले फुलहमलाई ३-० गोलले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्यो।
- खेलको पहिलो हाफमै एन्टोइन सेमेन्को, निको ओराइली र एर्लिङ हालान्डले गोल गरे।
- जितसँगै म्यानचेस्टर सिटी २६ खेलबाट ५३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलहममाथि ३-० को प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले पहिलो हाफमै तीन गोल गर्दै जित सुनिश्चित गरेको हो ।
खेलको २४औँ मिनेटमा एन्टोइन सेमेन्कोले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको मात्र ६ मिनेटपछि निको ओराइलीले गोल थप्दै अग्रता दोब्बर बनाए । ३९औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले गोल गरेपछि पहिलो हाफमै खेल ३-० को अवस्थामा पुगेको थियो । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन ।
यस जितसँगै म्यानचेस्टर सिटी २६ खेलबाट ५३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको आर्सनलको ५६ अंक छ ।
यस्तै, आजै भएको अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनलाई १–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै भिल्ला २६ खेलबाट ५० अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण