पति र छोरीलाई स्तब्ध पार्दै पहिला ‘हुनेवाला ज्वाइँ’सँग भागेकी महिला अहिले अर्को ज्वाइँसँग फरार
सारांश
- एक वर्षअघि ज्वाइँसँग भागेकी महिला फेरि अर्को ज्वाइँसँग फरार भएकी छिन्।
- २०२५ मा छोरीको लागि तय गरिएको ज्वाइँसँग भागेर बिहे गरेकी सपनाले राहुललाई पनि छाडिन्।
- सपनाले बहिनीको ज्वाइँसँग दुई लाख रुपैयाँ लिएर फरार भएको आरोप छ, राहुलले उजुरी दिएका छन्।
नयाँ दिल्ली । करिब एक वर्षअघि पति र छोरीलाई स्तब्ध तुल्याउँदै आफ्नै ‘हुनेवाला ज्वाइँ’सँग भागेकी एक महिला अहिले अर्को एक ज्वाइँसँग फरार भएको घटनाले चर्चा पाएको छ ।
अप्रिल २०२५ मा भारतको उत्तर प्रदेश राज्यको अलीगढ निवासी सपना देवीले पति र छोरीलाई धोका दिएकी थिइन् । छोरीको विवाहका लागि टुङ्गो लगाएको केटा (हुनेवाला ज्वाइँ)सँग अचानक फरार भएर सपनाले बिहे गरेकी थिइन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार राहुल नाम गरेका युवकसँग सपनाको छोरीको बिहे हुने तय भइसकेको थियो । विवाहको तयारी भइरहँदा राहुल र सपना फरार भएका थिए । परिवारको उजुरीका आधारमा खोजी गर्दै जाँदा उनीहरूलाई प्रहरीले फेला पारे पनि दुवैले बिहे गरेर सँगै बस्ने बताएपछि परिवारले सपनालाई त्यागेको थियो ।
अहिले सपनाले दोस्रो पति राहुललाई समेत छाडेर आफ्नै बहिनीको पति (बहिनी ज्वाइँ) रोजेको बताइएको छ । यसबारे राहुलले प्रहरीमा उजुरी दर्ता गराएका छन् ।
आफूले कपडाको कारोबार गर्दै आएको र त्यसबाट कमाएको करिब दुई लाख रुपैयाँ लिएर सपना अहिले उनकै बहिनी ज्वाइँसँग फरार भएको राहुलको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
नियन्त्रणमा लिइएका विद्युतीय सवारी साधनबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण