बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी सेना बाहिरिएपछि सिरियाली सेनाको नियन्त्रणमा अल तन्फ सैन्य शिविर

शुक्रबार, ०१ फागुन २०८२, ११ : ३५
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • सिरियाली सेनाले इराक र जोर्डनको सीमा नजिकै रहेको अल तन्फ सैन्य शिविर नियन्त्रणमा लिएको छ।
  • अमेरिकी सेना र सिरियाली सेनाबीचको समन्वयमा शिविर हस्तान्तरण भएको हो, र सेनाले सीमा क्षेत्रमा सुरक्षा बढाएको छ।
  • अमेरिकी सैनिक फिर्तीपछि सिरियाली सरकारले देशभर नियन्त्रण विस्तार गरिरहेको छ।

दमास्कस । सिरियाको सेनाले रणनीतिक अल तन्फ सैन्य शिविर नियन्त्रणमा लिएको छ । इराक र जोर्डन सिमाना नजिक रहेको रणनीतिक महत्वको अल तन्फ सैन्य आधार सिरियाली सरकारको सेनाले आफ्नो नियन्त्रणमा लिएको सिरियाली रक्षा मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सिरियाली सेना र अमेरिकी पक्षबिचको समन्वयमा उक्त शिविर सुरक्षित रूपमा हस्तान्तरण गरिएको छ । बिहीबार जारी विज्ञप्तिमा सिरियाली अरब सेनाले शिविर र आसपासका क्षेत्रको सुरक्षा जिम्मा लिएको छ भने नजिकैको सिरिया–इराक–जोर्डन सीमा क्षेत्रमा सेना तैनाथ गर्न थालिएको उल्लेख छ ।

आगामी दिनहरूमा सीमा सुरक्षाकर्मी पनि खटाइने बताइएको छ । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले पनि सैनिक फिर्तीको पुष्टि गर्दै यसलाई योजना अनुसारको चरणबद्ध सङ्क्रमणको हिस्सा भनेको छ । सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले आईएसआईएसबाट आउने सम्भावित खतरामाथि निगरानी जारी रहने बताएका छन् ।

अल तन्फ शिविर सन् २०१४ मा सिरियाली गृहयुद्धका बेला आईएसआईएल विरुद्धको अन्तर्राष्ट्रिय गठबन्धनका लागि प्रमुख केन्द्रका रूपमा स्थापना गरिएको थियो । सन् २०१७ मा आईएसआईएल पराजित भए पनि अमेरिकी सेना त्यहाँ उपस्थित रहँदै आएको थियो ।

अमेरिकी सैनिक फिर्ती सिरियाली सरकारले देशभर नियन्त्रण विस्तार गरिरहेको समयमा भएको हो । हालै अमेरिकी मध्यस्थतामा कुर्द नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ)लाई सरकारी संरचनामा समाहित गर्ने सहमति भएपछि स्थितिमा नयाँ मोड आएको छ ।

सन् २०२५ मा सिरियामा झन्डै १ हजार ५०० अमेरिकी सैनिक सिरियामा रहेको बताइएको थियो । तर अहिले यो सङ्ख्या घटेर ९०० मा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी सेनाले उत्तरपूर्वी सिरियाका केही शिविरबाट पनि गतिविधि घटाएको रिपोर्ट सार्वजनिक भइरहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप